Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तत्काल लामो दुरीका यातायात, हवाई उडान र विद्यालय खुल्ने अवस्था छैन: युवराज खतिवडा

तत्काल लामो दुरीका यातायात, हवाई उडान र विद्यालय खुल्ने अवस्था छैन: युवराज खतिवडा

  • शुक्रवार, श्रावण २३ २०७७

  • 748
    SHARES

  • तत्काल लामो दुरीका यातायात, हवाई उडान र विद्यालय खुल्ने अवस्था छैन: युवराज खतिवडा

    काठमाडौं । सरकारले तत्काल लामो दुरीका यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था नबनेको जनाएको छ । सरकारले तत्काल लकडाउन नगर्ने तर दुरीका यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु भने नखोल्ने संकेत गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले सरकार तत्काल लकडाउन गर्ने मनस्थितीमा नरहेको जानकारी दिएका हुन् ।

    उनले संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँमा लकडाउन गर्न सकिने भन्दै चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए । ‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ । संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने ।

    त्यस्तै मन्त्री डा. खतिवडाले लामो दुरीका यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको बताए । सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेपनि अर्थमन्त्री खतिवडाले पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्न सकिने बताए ।

    सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर(बिजोर प्रणाली लागू गरेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले समेत यसैगरी कोरोना संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले समेत धान्न नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।


    शुक्रवार, श्रावण २३ २०७७०४:०४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij