Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

खोप अभियानका लागि चार दिन विद्यालय खोल्ने सरकारको निर्णय

खोप अभियानका लागि चार दिन विद्यालय खोल्ने सरकारको निर्णय

  • बुधवार, माघ ५ २०७८

  • 588
    SHARES

  • खोप अभियानका लागि चार दिन विद्यालय खोल्ने सरकारको निर्णय

    काठमाडौँ – सरकारले खोप अभियानलाई प्रभावकारी बनाउन  माघ १६ गतेदेखि चार दिनसम्म विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोनाको तेस्रो लहरको संक्रमण फैलिएपछि बन्द भएका विद्यालय खोप अभियानका लागि खोल्ने निर्णय सरकारले गरेको हो ।

    मंगलबार साँझ गृह मन्त्रालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) बैठकले खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो । चार दिनमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड १९ विरुद्ध खोप लगाइनेछ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको (सीसीएमसीसी) बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकमा गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालगायत उपस्थित थिए।


    बुधवार, माघ ५ २०७८०७:०८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij