Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन विष्णु रिमालको आग्रह

नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन विष्णु रिमालको आग्रह

  • शुक्रवार, श्रावण २३ २०७७

  • 536
    SHARES

  • नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन विष्णु रिमालको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत् रिमालले यस्तो उल्लेख गरेका हुन् । उनले प्रवक्ता श्रेष्ठले विधि र पद्दतीको नक्कली गीत गाएको र नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक बनेको आरोप लगाएका छन् ।

    “कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । विधि र पद्दतीको नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् । पार्टी एकताविरुद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस । मुलुक संवेदनशील मोडमा छ महसुस् होस् ।’ रिमालले लेखेका छन् ।

     


    शुक्रवार, श्रावण २३ २०७७०३:५२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij