Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

बिहीबारको बैठकले मिति तोक्न सिफारिस गर्ने
  • मंगलवार, माघ ४ २०७८

  • 959
    SHARES

  • वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

    काठमाडौँ । सत्तारुढ गठबन्धनका दलहरु आउँदो वैशाखमा स्थानीय तह निर्वाचन गर्न सहमत भएका छन् ।

    स्थानीय तह निर्वाचनलाई लिएर गठबन्धनभित्र मतभिन्नता बढेको चर्चा भइरहेका बेला नेताहरुले वैशाखमा निर्वाचन गर्न सहमत भएको बताएका हुन् ।

    आज (मंगलबार) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यस्तो सहमति जुटेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

    ‘समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने कुरामा गठबन्धनका दलहरु एकमत छन्,’ कार्कीले भने,‘ आजको बैठक पनि राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको विजय सुनिश्चित गर्ने र समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा नै केन्द्रित थियो ।’

    यस विषयमा थप छलफल गर्न बिहीबार फेरि गठबन्धनको बैठक बस्ने जानकारी उनले दिए । बिहीबार मन्त्रिपरिषद् बैठकसमेत बस्दैछ ।

    ‘निर्वाचन समयमा नै सम्पन्न हुन्छ । संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा दलहरु सहमत छन्,’ कार्कीले भने, ‘निर्वाचन आयोगसँग परामर्श भइरहेको छ । फेरि परामर्श गरेर संविधानले तोकेकै समयमा चुनाव गरेर संघीयतालाई मजबुत बनाउँदै अघि बढ्ने दिशामा सरकार गम्भीर छ ।’

    निर्वाचन आयोगले वैशाख २२ भित्र स्थानीय निर्वाचन गरिसक्नुपर्ने प्रस्ताव गरिसकेको छ । गठबन्धनमा सहमति जुटेमा बिहीबार नै सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सक्ने बताइएको छ ।

    स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ पहिलो साता सकिँदैछ । त्यसअघि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    यसअघि निर्वाचन आयोगले एकैचरणमा गर्ने भए आगामी वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ तथा २२ गतेको मिति सिफारिस गरेको छ । तर, सरकारले निर्वाचनको मिति तोकेको छैन ।


    मंगलवार, माघ ४ २०७८१२:३२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij