Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक बस्दै

  • मंगलवार, माघ ४ २०७८

  • 588
    SHARES

  • प्रधानमन्त्री देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

    सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो सोमबार भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बोलाएका हुन् ।

    बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

    निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले, पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।

    वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि सत्तारुढ गठबन्धन दल छलफलमा जुट्न लागेका हुन् । हिजोको छलफलमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड वैशाखमै चुनाव गर्न सहमत भएको नेताहरुले बताएका छन् ।

    पालिका निर्वाचन ऐनमा सरकारले दुईभन्दा बढी चरणमा चुनाव गर्न सक्ने तर पहिलो चरणको मितिलाई चुनाव सम्पन्न भएको मानिने उल्लेख छ । यस्तै ऐनमा गाउँसभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि अर्को चुनाव हुने उल्लेख छ ।

    पालिका निर्वाचन ऐन अनुसार, जति चरणमा निर्वाचन भए पनि पहिलो चरणको चुनाव भएको ७ दिनपछि कार्यकाल सुरु भएको मानिने भएकाले पालिकाका पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ जेठमा सकिने निर्वाचन आयोगको व्याख्या छ ।

    २०७४ मा वैशाख ३१, असार १४ र असोज २० मा गरी तीन चरणमा चुनाव भएको थियो । संविधानले स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल थप्ने परिकल्पना नगरेकाले वैशाखमै चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ।

     


    मंगलवार, माघ ४ २०७८०७:५२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij