Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इनफ इज इनफ अभियानको माग प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि सम्बोधन गर्नु पर्छ: राणा

इनफ इज इनफ अभियानको माग प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि सम्बोधन गर्नु पर्छ: राणा

  • शुक्रवार, श्रावण २३ २०७७

  • 851
    SHARES

  • इनफ इज इनफ अभियानको माग प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि सम्बोधन गर्नु पर्छ: राणा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले इनफ इज इनफ अभियानको माग प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेर भए पनि सम्बोधन गर्नु पर्ने धारणा सार्वजनिक गर्नुभएको छ ।

    कोरोना महामारीको सन्दर्भमा युवा अभियानले उठान गरेको जनहित र जनस्वास्थ्यअुनकूल माग रकेट साइन्स नभए पनि, नेपाल सरकारले मागलाई निष्कर्ष दिन किन यत्रो विलम्ब गरेको भन्दै अध्यक्ष राणाले बिहीबार प्रश्न गरे, सरकारको आलोचना गर्नुभएको छ ।

    ‘युवा अभियन्ता ईः बिना खाना पानी सत्याग्रहमा बसेको बीस दिन भयो । सरकारको आँखा, कान बन्द छ,’ अध्यक्ष राणाले ट्वीट गर्दै भन्नुभयो । ‘यस अघि प्रधानमन्त्री स्वयमले सत्याग्रहीलाई भेटेपछि वार्ता र सहमति भएको हो, यद्यपि संझौता पालना गरिएन । जनहित, जनस्वास्थ्य अुनकूल इनफ इज इनफका माग रकेट साइन्स हैन, सरकार यो विलम्ब किन रु’

    शान्तिपूर्ण सत्याग्रहको सकरात्मक देन उजागर गर्दै उहाँले भन्नुभयो, ‘आशा, नैतिकता दुर्बल भएको समाजमा युवा अभियानले सत्य, जवाफदेहीता, प्रजातान्त्रिक आचारलाई मूलधार बनाएको छ । युवा उर्जा, सद्गुण मार्नुमा देशको प्रगति छैन, त्यो देशप्रेम होइन ।’


    शुक्रवार, श्रावण २३ २०७७०३:१८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij