काठमाडौँ । माघ ३ गते सोमबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक अर्को सूचना प्रकाशित भएसम्मका लागि स्थगित भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
‘विशेष कारणवस’ सोमबारका लागि तोकिएको बैठक बस्न नसक्ने भएका कारण बैठक स्थगित गरिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
