Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक : प्रचण्ड

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक : प्रचण्ड

  • शनिवार, माघ १ २०७८

  • 437
    SHARES

  • मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताउनुभएको छ । माघे संक्रान्ति एवं थारु समुदायको माघीको अवसरमा शुभकामना दिँदै प्रचण्डले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने उल्लेख गर्नुभएको छ ।

    आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैंमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको उहाँले बताउनुभएको छ । यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै उहाँले नेपाल भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिएको मुलुक भएको स्मरण गर्नुभएको छ ।

    विश्वभर पुनः फैलिएको कोरोना भाइरसको महामारीका कारण हामीले आफ्ना पर्वलाई उत्सवका रूपमा मनाउन नसकेको भन्दै उहाँले महामारीबाट आफू, आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गर्न आग्रह गर्नुभएको छ ।


    शनिवार, माघ १ २०७८०७:०१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij