Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

पत्रकार महासंघको अध्यक्षको नैतिकताप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यद्धारा बैठक बहिस्कार

पत्रकार महासंघको अध्यक्षको नैतिकताप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यद्धारा बैठक बहिस्कार

  • शुक्रवार, पौष ३० २०७८

  • 548
    SHARES

  • पत्रकार महासंघको अध्यक्षको नैतिकताप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यद्धारा बैठक बहिस्कार

    काठमाडौं । नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

    केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा अहिले पदाधिकारीहरुको बैठक बसिरहेको छ ।

    कपिलवस्तुको तिलौराकोटमा महासंघको केन्द्रीय समिति बैठक आयोजना गरिएको छ । महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताए ।

    उनीहरुले महासंघकी उपाध्यक्ष बाला अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठाएका छन् । त्यसपछि केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी लगायत बैठक कक्षबाट बाहिरिएका छन् ।

    भित्रै रहेकाहरुले पनि बाहिरिएका केन्द्रीय सदस्यहरुको सहभागिता विना बैठक सन्चालन हुन नसक्ने भन्दै पदाधिकारीहरुलाई पहिले सहमति गर्न आग्रह गरेका थिए । त्यसपछि अहिले पदाधिकारीहरुको बैठक जारी छ ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले मिडिया अवार्डको आयोजक ड्रिम हाइसँग तीन लाख रुपैयाँ लिएर सहकार्य गरेका थिए । सो अवार्ड अधिकांश पत्रकारहरुले बहिस्कार गरेका थिए । अवार्डमा महासंघको संलग्नताबारे प्रश्न उठेपछि महासंघकी सचिव सिर्जना अर्यालले विज्ञप्ति जारी गर्दै संलग्नता नरहेको बताएकी थिइन् ।

    त्यसअघि महासंघ अध्यक्ष पोखरेलले काउन्सिलका अध्यक्ष बस्नेतलाई दिएको सिफारिस पत्रमा २०५५ सालमा केन्द्रीय सभासद ९पार्षद० रहेको र २०६८ सालमा केन्द्रीय समिति सदस्य रहेको उल्लेख गरिएको छ । तर बस्नेतले नेपाल पत्रकार महासंघको सदस्यता भने २०६० साल साउन ९ गते लिएको महासंघको रेकर्डमा देखिन्छ ।

    महासंघकी उपाध्यक्ष बाला अधिकारीले कांग्रेसको राजनीतिमा सक्रिय हुने भन्दै महासंघबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् । तर उनी महासंघको आजको केन्द्रीय समिति बैठकमा सहभागी भएकी छन् ।


    शुक्रवार, पौष ३० २०७८१२:३६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij