Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजार साढे ३० अङ्कले घट्यो, ८ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार साढे ३० अङ्कले घट्यो, ८ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

  • बुधवार, पौष २८ २०७८

  • 825
    SHARES

  • शेयर बजार साढे ३० अङ्कले घट्यो, ८ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    काठमाण्डौ – यो हप्ता लगातार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । आज शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ ।

    आज व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय ६६ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमाको शेयर एक सय ९, विकास बैंकको शेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको शेयर ७६ अङ्कले घटेको छ ।

    आज शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय २९ वटा कम्पनीको एक करोड ६१ लाख कित्ता शेयर आठ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव २१ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि कर्पोरेट डेभलपमेन्छ बैंक र निफ्राको शेयरमा सकारात्मक सर्किट लागेको छ ।


    बुधवार, पौष २८ २०७८०३:५०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij