Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेको जिल्ला अधिवेशनः अहिलेसम्म ५० जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चयन, हेर्नुहोस् कुन जिल्लामा को ?

एमालेको जिल्ला अधिवेशनः अहिलेसम्म ५० जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चयन, हेर्नुहोस् कुन जिल्लामा को ?

  • मंगलवार, पौष २७ २०७८

  • 823
    SHARES

  • एमालेको जिल्ला अधिवेशनः अहिलेसम्म ५० जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चयन, हेर्नुहोस् कुन जिल्लामा को ?

    काठमाडौं । नेकपा एमालेको जिल्ला नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार भर्चुएल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको थियो ।

    नेकपा एमाले प्रचार विभागका अनुसार शुक्रबार ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैर–भौगोलिक तर्फको नेतृत्व टुंगिएको छ ।

    एमालेको जिल्ला अधिवेशनमा केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदानमार्फत नेतृत्व छानिएका छन् ।

    कुन जिल्लामा को अध्यक्ष ?

    प्रदेश १ मा झापा – दीपक कार्की, मोरङ – ऋषिकेश पोखरेल, खोटाङ – रामप्रसाद दंगाल, धनकुटा – इन्द्रमणि पराजुली, तेह्रथुम – तेजमान कन्दङवा, पाँचथर – राजकुमार भण्डारी, भोजपुर –शरण राई, इलाम– महेश बस्नेत, सोलुखुम्बु– डुफकुमार बास्तोला, उदयपुर– प्रमेश्वर घिमिरे, ओखलढुंगा–शंकर कटुवाल, ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे चयन भएका छन् ।

    प्रदेश २ मा सप्तरी – ताराकान्त चौधरी, सिरहा– बिन्देश्वर मण्डल चयन भएका छन् ।

    बागमति प्रदेशमा धादिङ – भूमि त्रिपाठी, काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू, भक्तपुर – बचन देउजा, रसुवा – कर्णेल तामाङ, रामेछाप – आनन्दकुमार श्रेष्ठ, नुवाकोट – बद्री मैनाली, मकवानपुर – एकलाल श्रेष्ठ, काठमाडौं – दीपक निरौला, ललितपुर – पुरुषोतम आचार्य, सिन्धुली– कुमारबहादुर कार्की, दोलखाः नरबहादुर श्रेष्ठ छन् ।

    गण्डकी प्रदेशमा गोरखा – प्रेम गुरुङ, तनहुँ – श्रीप्रसाद श्रेष्ठ, म्याग्दी – देवेन्द्र केसी, लमजुङ – कृष्णप्रसाद अधिकारी, बागलुङ– हिराबहादुर केसी, पर्वत–राजु पौडेल, नवलपुर–मुक्ती पाण्डे चयन भएका छन् ।

    लुम्बिनी प्रदेशमा पाल्पा – धनेन्द्रराज घिमिरे, गुल्मी – बालकृष्ण काउछा मगर, अर्घाखाँची – पिताम्बर भुसाल, बाँके – किस्मत कुमार कक्षपती, बर्दिया – लालबहादुर श्रेष्ठ, दाङ – हुकुमबहादुर बस्नेत, रुपन्देही – तेजेन्द्र केसी, कपिलवस्तु – डम्मर शर्मा, नवलपरासी ९पश्चिम० – दीपेन्द्र अधिकारी, प्युठान–बिजयविराज विष्ट चयन भएका छन् ।

    कर्णाली प्रदेशमा डोल्पा – शेरबहादुर बुढा, सल्यान – गोविन्द पुन मगर, जुम्ला – शान्तिलाल महत, रुकुम– नन्दराम देवकोटा छन् ।
    यस्तै सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा – प्रकाश साउद, बैतडी– सुरेन्द्र पाल, डोटी–चक्र मल्ल, कैलाली– रतन थापागैर (भौगोलिक जिल्ला, मजदूर विशेष – जितेन्द्र श्रेष्ठ, पेशागत विशेष – उमेश ढकाल चयन भएका छन् । बाकिँ चुनावी तथा चयन प्रक्रियमा छन् ।


    मंगलवार, पौष २७ २०७८०१:३८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij