Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

भारतसँग वार्ता गर्न कांग्रेस उपसभापति गुरुङको सरकारलाई आग्रह

भारतसँग वार्ता गर्न कांग्रेस उपसभापति गुरुङको सरकारलाई आग्रह

  • मंगलवार, पौष २७ २०७८

  • 380
    SHARES

  • भारतसँग वार्ता गर्न कांग्रेस उपसभापति गुरुङको सरकारलाई आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

    पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा’ भनेका छन् ।

    यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् ।

    उनले लेखेका छन्, पृथ्वी जयन्ती: भारतीय प्र.म.मोदीले नेपालको भूमी लिपुलेक माथि गरिरहेको दावाका बारेमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्ता समेत गर्न जरुरी छ। पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाह प्रति सम्मान गरौं। बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔं। जय नेपाल।

     


    मंगलवार, पौष २७ २०७८०८:४८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij