Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा १९.४३ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नाघ्यो

सेयर बजारमा १९.४३ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नाघ्यो

  • सोमवार, पौष २६ २०७८

  • 1.2K
    SHARES

  • सेयर बजारमा १९.४३ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नाघ्यो

    काठमाडौँ । साताको पहिलो दिन उच्च अंकले उकालो लागेको सेयर बजार साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि उकालो लागेको छ ।

    आज सेयर बजार मापन परिसूचक नेप्से १९ दशमलव ४३ अंकले बढेर २ हजार ७ सय ८४ दशमलव ९५ विन्दुमा आइपुगेको छ । हिजो नेप्से ७३ दशमलव ०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ७४ विन्दुमा पुगेको थियो ।

    आज समग्रमा नेप्से ० दशमलव ७० प्रतिशतले बढेको छ । यसैगरी, आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३ दशमलव १६ अंकले बढेर ५ सय २२ दशमलव ५३ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकममा हिजोको तुलनामा दुई लाख रपैयाँभन्दा धेरैले बढेर सात अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

    आज कारोबारमा आएका कूल २३६ वटा कम्पनीका एक करोड एक करोड ८२ लाख ८८ हजार १३० कित्ता सेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने बाँकी समूहको सेयर मूल्य उकालो लागेको छ ।

    आज कारोबारमा आएको तीन कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

    आज मध्य भोटेकोशीको सेयर मूल्य १० प्रतिशत, युनियन जलविद्युत कम्पनीको ९ दशमलव ९९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको हो । आज २२ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिद–बिक्री रकममा गोर्खा फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एचआईडीसीएल परेका छन् ।


    सोमवार, पौष २६ २०७८०४:०५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij