काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापालाई दिएको सहमहामन्त्रीको जिम्मेबारी अवैधानिक भएको दावी गर्नुभएको छ पार्टीको विधानमा हुदै नभएको सहमहामन्त्री पद सभापतिले दिएर नहुने उहाँले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो।
पार्टीको विधानमा हुदै नभएको सहमहामन्त्री पद सभापतिले दिएर नहुने उहाँले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो । फोरम लोकतान्त्रीक त्यागेर काँग्रेसमा प्रवेश गरेका विजय कुमार गच्छदारलाई उपसभापति बनाइएको भने बैधानिक नै भएको उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले गच्छदारलाई पार्टीले केन्द्रीय समितिले निर्णय गरेर उपसभापति बनाएको तर थापालाई सहमहामन्त्री बनाउदा भने केन्द्रीय समितिले निर्णय नगरेको बताउनुभयो ।
उहाँले थापलाई सहमहामन्त्री बनाएको विषयमा असन्तुष्टि जनाउदै नयाँलाई जिम्मेबारी दिदाँ पुरानालाई अपमान नहुनेगरी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।