Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

  • शनिवार, पौष २४ २०७८

  • 564
    SHARES

  • प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ । उहाँको सचिवालयले जनाए अनुसार शुक्रबार साँझ परीक्षण गर्दा कारोना संक्रमण पुष्टि भएको हो ।

    ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ,’ सामाजिक सञ्जालमा स्वकीय सचिव गंगा दाहालले लेख्नुभएको छ, ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’

    यो बीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ । डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको पनि दाहालले जानकारी दिनुभएको छ ।

    आजै माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठ पनि होम आइसोलेसनमा बस्नुभएको छ । केही दिनअघि मात्रै आफ्नो पार्टीको राष्ट्रिय महाधिवेशन सकेका माओवादी केन्द्रका धेरै नेतामा कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

    एकैपटक धेरै नेता र कर्मचारीमा संक्रमण पुष्टि भएपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालयसमेत बन्द गरिएको छ । यस्तै, पदाधिकारी चयनका लागि बोलाइएको बैठक केन्द्रीय कमिटी बैठकसमेत अनिश्चिितकालका लागि स्थगित गरिएको छ ।


    शनिवार, पौष २४ २०७८१०:३०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij