Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

मन्त्री आलेको निर्देशनपछि त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाइँदै

मन्त्री आलेको निर्देशनपछि त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाइँदै

  • शनिवार, पौष २४ २०७८

  • 455
    SHARES

  • मन्त्री आलेको निर्देशनपछि त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाइँदै

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिनुभएको छ ।

    भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिनुभएको हो ।

    सो निर्देशनपछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताउनभुयो । विमानस्थलमा यात्रुको चाप बढी हुँदा समस्या हुने गरेको र मन्त्रीको निर्देशन पाइसकेको भन्दै अब चाँडै फराकिलो स्थानमा सार्ने उहाँले बताउनुभयो ।

    यसैगरी विमानस्थलमा एकमात्र ‘कन्भेयर बेल्ट’ भएको र थप दुईवटा नयाँ किनेर अब तीन वटा सञ्चालन गर्न समेत भनिएको छ । विमानस्थलका कर्मचारीले स्थान पहिचान, बजेट व्यवस्थापन, सूचना प्रकाशनका विषयमा तत्काल काम अगाडि बढाउने जनाइएको छ ।


    शनिवार, पौष २४ २०७८१०:१०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij