Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालाको विषयमा छानबिन गर्न समिति गठन

मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालाको विषयमा छानबिन गर्न समिति गठन

  • शुक्रवार, पौष २३ २०७८

  • 820
    SHARES

  • मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालाको विषयमा छानबिन गर्न समिति गठन

    काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।

    नेपाल–भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि आज शुक्रवार यो समिति गठन गरिएको हो । समितिमा पाँच जना सदस्य रहेका छन् । यस समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, विश्वकरण जयन र देवीप्रसाद बराल रहनुभएको छ भने मन्त्रालयका लेखाका उपसचिव सदस्य रहनुभएको छ ।
    यस समितिलाई सात दिनभित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

    पशुपतिमैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको छानबिनका लागि समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिनुभयो । यस धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । यस समूहले पशुपतिमैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवम् धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।

    यस धर्मशालाका विषयमा छानबिनका लागि युवा सङ्घ नेपालको टोलीले पनि मन्त्री आलेलाई आज ज्ञापनपत्र पेस गरेको छ । मित्र राष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जासपद विषय हो, यस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ज्ञापनपत्र लिँदै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने र गलत प्रयोजनमा दिनेलाई कारबाही गरिने बताउनुभयो ।


    शुक्रवार, पौष २३ २०७८०४:५०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij