काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले संसद् बैठक नियमित सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटार संयन्त्रको बैठकले संसद् लामो समय अवरुद्ध हुनु उचित नभएको भन्दै सञ्चालन गराउन पहल गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय भएको उनले बताए । राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिए ।
पाँचदलीय सत्ता गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनभित्र नेपाली कांग्रेसलाई ६, नेकपा ९माओवादी केन्द्र० र नेकपा (एकिकृत समाजवादी)लाई पाँच÷पाँच, जनता समाजवादी पार्टी (जसपा)लाई दुई÷राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्ट्याउँदै उमेदवारी दिइएको छ ।
राष्ट्रियसभाका रिक्त हुन लागेका १९ सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदै छ ।