Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

गठबन्धन सरकार समन्वय समितिको बैठक आज पनि

गठबन्धन सरकार समन्वय समितिको बैठक आज पनि

  • शुक्रवार, पौष २३ २०७८

  • 811
    SHARES

  • गठबन्धन सरकार समन्वय समितिको बैठक आज पनि

    काठमाडौँ । गठबन्धन सरकार सञ्चालन समन्वय समितिको बैठक आज पनि बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपेन्द्र यादव, दुर्गा पौडेल लगायतका सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताहरु सहभागी छन् ।

    बिहीबार पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । समन्वय समितिको संयोजक कांग्रेस वरिष्ठ नेता पौडेल संयोजक हुनुहुन्छ । उहाँले बिहीबारको बैठकमा विभिन्न १५ बुँदे प्रस्ताव छलफलका लागि पेश गर्नुभएको थियो । ती प्रस्तावबारे आज छलफल भएको बताइएको छ ।

    बैठकमा राष्ट्रिय सभा निर्वाचन, संसद बैठकमा एमाले अवरोध, एमसिसीलगायत विभिन्न विषयमा गठबन्धनले छलफल गरिरहेको छ । समन्वय समितिको बिहीबारको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन पहल गर्ने निर्णय गरेको थियो ।


    शुक्रवार, पौष २३ २०७८१२:२२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij