Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन

  • शुक्रवार, पौष २३ २०७८

  • 573
    SHARES

  • राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छन् ।

    माघ १२ गते हुने राष्ट्रिय निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । प्रायः सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।

    आयोगका अनुसार एमालेबाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५, एकीकृत समाजवादीबाट ५, जसपाबाट २, राप्रपाबाट २ नेमकिपाबाट २ जना, लोसपाबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।


    शुक्रवार, पौष २३ २०७८०९:१३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij