Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

एमालेको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

  • शुक्रवार, पौष २३ २०७८

  • 1.2K
    SHARES

  • एमालेको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

    काठमाडौँ । नेकपा (एमाले)को जिल्लामा अधिवेशन आज हुँदै छ । आज ६८ जिल्लाको धिवेशन हुन लागेको हो । प्रतिकूल मौसम र तयारी नपुगेकाले ९ जिल्लाको अधिवेशनका लागि अर्को मिति तय हुने बताइएको छ ।

    अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

    एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो । जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।

    जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।


    शुक्रवार, पौष २३ २०७८०७:४२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij