Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन : आज र भोलि उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ

राष्ट्रियसभा निर्वाचन : आज र भोलि उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ

  • बिहिवार, पौष २२ २०७८

  • 1.1K
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : आज र भोलि उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवारहरुको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । हिजो दाबी विरोध र उजुरीका लागि आयोगले समय दिएको थियो ।

    जाँचबुझपछि भोलि साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

    निर्वाचन माघ १२ गते हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।

    प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।


    बिहिवार, पौष २२ २०७८०८:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij