Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको चुनावमा एमालेलाई साख जोगाउन सकस

राष्ट्रिय सभाको चुनावमा एमालेलाई साख जोगाउन सकस

  • बुधवार, पौष २१ २०७८

  • 446
    SHARES

  • राष्ट्रिय सभाको चुनावमा एमालेलाई साख जोगाउन सकस

    काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावमा एमालेलाइ आफ्नै साख जोगाउन सकस हुने आकलन गर्न थालीएको छ ।

    काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ५ दलबीच गठबन्धन बनेको अवस्थामा नेकपा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउन समेत चुनौती देखीएको हो ।

    गठबन्धनमा संलग्न दलहरुले यस अघी आफुले जितेका ठाउवाट आ–आफ्ना उम्मेदवार प्रस्तुत गरेका छन् तर नेकपा एमालेले जितेका स्थानहरुमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाएर चुनाव क्लिन स्वीप गर्ने रणनीती बनाएका छन् ।

    राजनीतीक दलहरुका नेताहरुले आ–आफ्नै दावी गरीरहेका वेला नेपाली कांग्रेस सह–महामन्त्री महेन्द्र यादवले राष्ट्रिय सभाको चुनावमा गठबन्धको एकलौटी जित निश्चित रहेको दावी गर्दै आगामी निर्वाचनमा पनि गठबन्धनले स्थानीय तहदेखी केन्द्रसम्म एमालेलाई कुनै स्थानमा जित हासील गर्न नदिने दावी गर्नुभयो ।

    यस अघिका चुनावमा एमालेले गलत नारा दिएर जितेका सिटमा पनि एमालले अव जनताको विस्वास गुमाई सकेको जिकीर गर्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम गरेर एमालेलाई चुनाव जित्न नदिने तर्क राख्नुभयो ।

    यता नेकपा एमालेका नेता आनन्द पोखरेलले कुनैपनि निर्वाचनमा एमालेसंग एक्लै सामना गर्न नसकेर एमाले विराधीहरुले गठबन्धन बनाउने गरेको बताउनुभएको छ ।

    परमादेशबाट बनेको गठबन्धनले एमालेवाट निर्वाचीत नेताहरुलाई काखी च्यापेर लगेपनि एमाले अव नयाँ म्यान्डेडका साथ मैदानमा जाने र गठबन्धनलाई सहज रुपमा पराजित गर्ने बताउनुभयो ।

    ५ दलहरुविच गठबन्धन बनेका कारण सात वटै प्रदेशमा राष्ट्रिय सभाको मतदाताको मतभार हेर्दा एमाले कमजोर देखिएको छ ।देशकै ठुलो पार्टीको रुपमा रहेको एमालेले गठबन्धनको डटेर सामना गर्ने एमाले नेता पोखरेलले बताउनुभयो ।

    जतिसुकै गठबन्धन गरेपनि देशव्यावी रुपमा जनताको लहर एमाले केन्दितरहेको एमाले सामु गठबन्धनफिक्का सावित हुने र आफुहरु सम्मानजनक मतले विलाई कुनै पनि हलतमा पराजित नहुने दावी गर्नुभयो ।

    सत्ताधारी दलहरूको गत सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने सहमति अनुसार उनीहरूले उम्मेदवारी दिएको देखिएको छ।यसले अब राष्ट्रियसभा निर्वाचनमा सत्ताधारी गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

    तर एमालेले सत्ताधारी इतरका दलसँग साझेदारी गरेर केही सिटहरू जित्न कोसिस गरिरहेको छ। राष्ट्रिय सभा चुनावका लागि २ हजार २५ जना मतदाता छन् ।

     

     


    बुधवार, पौष २१ २०७८०७:३६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij