Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माइतीघरमा केएमसीका विद्यार्थी एक महिना देखी प्रदर्शनमा 

माइतीघरमा केएमसीका विद्यार्थी एक महिना देखी प्रदर्शनमा 

  • बुधवार, पौष २१ २०७८

  • 681
    SHARES

  • माइतीघरमा केएमसीका विद्यार्थी एक महिना देखी प्रदर्शनमा 

    काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि उनीहरू आन्दोलित छन् ।

    यसअघि, उनीहरूले क्याम्पस परिसरमा प्रदर्शन गर्दै आएका थिए । माग सम्बोधन नभएको भन्दै विद्यार्थीले केही दिनयता भने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा संयुक्त रूपमा आन्दोलन गरिरहेका थिए ।

    आज अभिभावकसहित ६ विद्यार्थी संगठनको सहयोगमा माइतीघरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले ‘मेडिकल माफिया मुर्दावाद’, ‘हाम्रो भविष्य सुनिश्चित गर,’ ‘लुटतन्त्र बन्द गर’लगायत लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

    चिकित्सा शिक्षा आयोगको नियमविपरीत केएमसीले विद्यार्थीसँग अतिरिक्त शुल्क माग गर्दै छात्रावास, इन्टर्नसिपलगायत शीर्षकमा करारनामा तयार पारी रकम असुल्न खोजिएको उनीहरूको आरोप छ ।

    कलेजले विद्यार्थीसँग चार लाख रुपैयाँ शुल्क उठाइसकेको छ । अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई कक्षामा प्रवेश गर्न दिइएको छैन ।

    यस्तै, पोखराको मणिपाल मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजमा पनि अतिरिक्त शुल्क लिइएको भन्दै विद्यार्थीहरू आन्दोलित छन् ।

    विद्यार्थीहरूले माइतीघरमा प्रदर्शनपछि नारा लगाउँदै नयाँ बानेश्वर पुगी कोणसभा गरेका थिए । त्यसपछि विद्यार्थीहरू पुनः सिनामंगलस्थित केएमसी कलेज परिसरमा धर्नामा बसेका छन् ।

    विद्यार्थीको समस्या समाधान गर्न आयोगले अहिलेसम्म सम्बन्धित कलेज सञ्चालकसँग स्पष्टीकरण सोध्नेबाहेक अरू केही गरेको छैन ।

    तर, गृह मन्त्रालयले भने काठमाडौं उपत्यकाका तीनसहित १२ जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखी आयोगले तोकभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउन गएको साता नै निर्देशन दिइसकेको छ ।

    बढी शुल्क लिने मेडिकल कलेजको लाइसेन्स खारेजसम्म गर्ने अधिकार आयोगसँग छ भने ठगी मुद्दा हाल्नेसम्मको अधिकार जिल्ला प्रशासन कार्यालयलाई छ ।


    बुधवार, पौष २१ २०७८०२:०९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij