Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीले सचिवहरुसँग आजै छलफल गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीले सचिवहरुसँग आजै छलफल गर्ने

  • बुधवार, पौष २१ २०७८

  • 496
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीले सचिवहरुसँग आजै छलफल गर्ने

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

    पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो । भारत भ्रमणको क्रममा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।

    यस्तै, प्रधानमन्त्री देउवाले आज सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दै हुनुहुन्छ । उहाँले मन्त्रालयका सचिवहरुसँग दिउँसो ३ बजे सिंहदरबारमा छलफल गर्न लाग्नुभएको हो ।

    अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनाका काम, अन्तर मन्त्रालय समन्वय लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।


    बुधवार, पौष २१ २०७८११:३४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij