Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

नेपाली युवालाई फ्रान्समा रोजगारी दिलाउनेबारे द्विपक्षीय छलफल

नेपाली युवालाई फ्रान्समा रोजगारी दिलाउनेबारे द्विपक्षीय छलफल

  • बुधवार, पौष २१ २०७८

  • 458
    SHARES

  • नेपाली युवालाई फ्रान्समा रोजगारी दिलाउनेबारे द्विपक्षीय छलफल

    काठमाडौँ । नेपाली युवालाई फ्रान्समा रोजगारी दिलाउनेबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओबीच छलफल भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएका हो ।

    सो अवसरमा मन्त्री श्रेष्ठले युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनसक्ने बतानुभएको थियो ।

    साथै कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरुका लागि रोजगारी सिर्जना हुने उहाँको भनाइ थियो । राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यवसायिक तालिमको राम्रो प्रबन्ध हुनुपर्ने बताउनुभएको थियो ।
    साथै उहाँले फ्रान्समा फ्रान्सेली नागरिक सरह नै विदेशी कामदारले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउने बताउनुभएको थियो ।


    बुधवार, पौष २१ २०७८०७:४५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij