Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा आज दिनभर धरानका विभिन्न कार्यक्रममा व्यस्त रहने

प्रधानमन्त्री देउवा आज दिनभर धरानका विभिन्न कार्यक्रममा व्यस्त रहने

  • मंगलवार, पौष २० २०७८

  • 795
    SHARES

  • प्रधानमन्त्री देउवा आज दिनभर धरानका विभिन्न कार्यक्रममा व्यस्त रहने

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरaबहादुर देउवा आज धरान जाँदै छ । प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ ।

    धरान स्थापना दिवसका अवसरमा हुन लागेको ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा त्यता जान लाग्नुभएको बताइएको छ । धरान उपमहानगर स्थापनाको अवसरमा आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ । प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

    साथै धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने र धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम पनि छ । धरान १२ स्थित प्राविधिक शिक्षालय भवनको पनि प्रधानमन्त्री देउवाले आज उद्घाटन गर्नुहुने छ ।


    मंगलवार, पौष २० २०७८०८:३३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij