भारतको गुजरातमा कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको हो । बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्तम मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् ।
अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको जनाइएको छ । आगो एक घण्टामै नियन्त्रणमा लिइयो तर आत्तिएर ८ बिरामीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । बीबीसी