Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दोहोरो अंकले बढेर नेप्से परिसूचक २६ सय माथि ! पुरा हेर्नुहोस्

दोहोरो अंकले बढेर नेप्से परिसूचक २६ सय माथि ! पुरा हेर्नुहोस्

  • सोमवार, पौष १९ २०७८

  • 1.2K
    SHARES

  • दोहोरो अंकले बढेर नेप्से परिसूचक २६ सय माथि ! पुरा हेर्नुहोस्

    १९ पुस, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ ।

    साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि सोमबार साढे चार अर्ब माथि पुगेको छ ।

    दिनभर ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ पुग्यो । सोमबार धेरे शेयर मूल्य बढ्ने कम्पनीहरूमा मध्य भोटेकोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआई एशिया लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्सलगायत शेयर मूल्य बढेको छ । भोटेकोशी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।

    धेरै घट्ने कम्पनीहरूमा नेपाल बंगलादेश बैंक, तेह्रथुम पावर कम्पनी, युनाइटेड इन्स्यारेन्स, रुरु जलविद्युत् कम्पनीलगायत छन् । नबिल बैंकसँग मर्जरको चर्चाका कारण केही दिन अघिदेखि शेयर मूल्य बढिरहेको नेपाल बंगलादेश बैंक सोमबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएको छ ।


    सोमवार, पौष १९ २०७८०३:२९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij