Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

रेशमको नयाँ पार्टीः दल दर्ता गर्न झाँकीसहित निर्वाचन आयोगमा

रेशमको नयाँ पार्टीः दल दर्ता गर्न झाँकीसहित निर्वाचन आयोगमा

  • सोमवार, पौष १९ २०७८

  • 1.2K
    SHARES

  • रेशमको नयाँ पार्टीः दल दर्ता गर्न झाँकीसहित निर्वाचन आयोगमा

    काठमाडौं । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन् । चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित आयोगको कार्यालय पुगेका हुन् ।

    यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् ।

    उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन् ।


    सोमवार, पौष १९ २०७८०१:५४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij