Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा : यातायात सेवा प्रभावकारी बनाउन आग्रह

राष्ट्रियसभा : यातायात सेवा प्रभावकारी बनाउन आग्रह

  • बिहिवार, आषाढ १८ २०७७

  • 1.2K
    SHARES

  • राष्ट्रियसभा : यातायात सेवा प्रभावकारी बनाउन आग्रह

    काठमाडौं । राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

    बन्दाबन्दी खुकुलो भए पनि अझै यातायात सेवालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता उनीहरुले औंल्याएका थिए । 

    विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदया शर्मा पौडेलले कोरोना रोग नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आग्रह  गरे । 

    उनले यातायात क्षेत्रमा पासकै कारण भएको झण्झट समाधान गर्नसमेत आग्रह गरे । राम्ररी यातायात नचल्दा सर्वसाधारणमाथि जोखिम बढिरहेको र मजदूरको रोजीरोटी गुम्ने खतरा आएको उनले बताए । 

    बन्दाबन्दीले शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको अवस्थामा एउटा निकास दिनुपर्ने आवश्यकता उनले बताए । 

    नेकपाकै ठगेन्द्रप्रकाश पुरीले बन्दाबन्दीका कारण सर्वोच्च र मातहतका अदालतबाट सीमित सेवा प्रवाह भइरहेकाले फिरादपत्र दिन पाउनेलगायत आवश्यक सेवा सञ्चालन गर्न माग गरे । 

    सोही पार्टीका पर्शुराम मेघी गुरुङले वर्तमान समयमा प्रमुख चुनौतीका रुपमा रहेको भ्रष्टाचार नियन्त्रण नगरे मुलुकको प्रगति र उन्नति सम्भव नहुने जिकिर गरे । 

    नेकपाकै सुमनराज प्याकुरेलले नेकपाका कार्यकर्तामाथि शृङ्खलाबद्ध आक्रमण भइरहेको र त्यसविरुद्ध उजुरी गर्दा  प्रहरीमा जाहेरी नलिने अवस्था सिर्जना भएको छ भन्दै सदनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराए । 


    बिहिवार, आषाढ १८ २०७७०३:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij