काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्न लागेको हो ।
१४ औँ महाधिवेशनपछि दोस्रोपटक कांग्रेस केन्द्रीय समिति बस्न लागेको हो । यसअघि महाधिवेशन सकिएलगत्तै गत शनिबार कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो
‘बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनिएको छ ।
बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि र समसामयिक विषयवस्तुमाथि छलफल हुने बताइएको छ ।