Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसी अघि बढाउने अन्तिम तयारीमा प्रधानमन्त्री देउवा, ओलीसँग निर्णायक वार्ता हुँदै

एमसीसी अघि बढाउने अन्तिम तयारीमा प्रधानमन्त्री देउवा, ओलीसँग निर्णायक वार्ता हुँदै

  • शनिवार, पौष १७ २०७८

  • 1.0K
    SHARES

  • एमसीसी अघि बढाउने अन्तिम तयारीमा प्रधानमन्त्री देउवा, ओलीसँग निर्णायक वार्ता हुँदै

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता ९एमसीसी० संसद्बाट पारित गर्नेगरि अघि बढेका छन् । उनले आफूनिकट नेताहरुसँग यो विषयमा छलफलसमेत थालिसकेका छन् ।

    स्रोतकाअनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको र सहयोग नहुने देखेपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ लिनेगरि तयारी थालेका छन् ।

    ‘आज र भोलिभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ताको तयारी भईरहेको स्रोतको भनाई छ । पुष ११ गतेको माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा नै प्रधानमन्त्री देउवाले एमसीसीको बचाउ गरेका थिए । यसलाई अघि बढाउनुपर्ने उनको तर्क थियो । उनले एमसीसी कुनैपनि हालतमा नेपालको अहितमा नरहेको पनि जिकिर गरेका थिए ।

    उनले आफूले राष्ट्रघाती काम गरौंला र रु भन्दै उल्टै प्रश्न गरेका थिए । तर, माओवादी केन्द्रमा एमसीसीलाई लिएर चर्को विरोध र आलोचना छ । महाधिवेशनले प्रतिनिधिहरुले त एमसीसीको खारेजीको माग गर्दै आएका छन् ।

    तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेस र यसका नेतृत्व देउवाले भने अब एमालेको साथ लिएर पनि एमसीसी पारित गराउने तयारी थालेका छन् । उनले अब एमसीसीलाई धेरै अन्यौलमा नराख्ने भनेर आफूनिकट नेताहरुसँग पनि भनिसकेका छन् ।


    शनिवार, पौष १७ २०७८०५:४३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij