Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

हाम्रो पार्टी नेपालको राजनीतिमा ताराजस्तै चम्किन्छः माधव नेपाल

हाम्रो पार्टी नेपालको राजनीतिमा ताराजस्तै चम्किन्छः माधव नेपाल

  • शनिवार, पौष १७ २०७८

  • 596
    SHARES

  • हाम्रो पार्टी नेपालको राजनीतिमा ताराजस्तै  चम्किन्छः माधव नेपाल

    काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन्। तनहुँको भानु नगरपालिका – ३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताएकन छन् ।

    इमान्दारीता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिँदा सबै उत्साहित भएको भन्दै अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्नुभयो । साथै उनले तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

    समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको उनको भनाइ छ। न्याय, समानता, विकास र समृद्धिको बाटोमा अगाडि बढेर सबैले सम्मान गर्ने वातावरण सिर्जना गर्ने वातावरण बनाउने बताए।

    ‘गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ’ अध्यक्ष नेपालको भनाइ छ।


    शनिवार, पौष १७ २०७८०१:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij