Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मालीमा ८ सैनिकको मृत्यु, ७ जना घाइते

मालीमा ८ सैनिकको मृत्यु, ७ जना घाइते

  • शनिवार, पौष १७ २०७८

  • 836
    SHARES

  • मालीमा ८ सैनिकको मृत्यु, ७ जना घाइते

    मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ । थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ ।

    बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ । मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ । ७ सैनिक घाइते भएका छन् । ३ वटा सवारी साधन ध्वस्त भएका छन् ।

    सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाएअनुसारआक्रमणकारी तर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाटहतियार र गोलाबारुद जफत गरिएको छ ।

    मालीको वायुसेनाले गरेको हवाई हमलाका कारणआतङ्ककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ । मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन् २०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ ।

    यो द्वन्द्व मध्य माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ ।


    शनिवार, पौष १७ २०७८०१:४०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij