Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको प्रस्ताव पारित भए माओवादी केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने

प्रचण्डको प्रस्ताव पारित भए माओवादी केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने

  • शुक्रवार, पौष १६ २०७८

  • 916
    SHARES

  • प्रचण्डको प्रस्ताव पारित भए माओवादी केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने प्रस्ताव अगाडि सारेका छन्।

    आठौं महाधिवेशनमा आफूले राखेको राजनीतिक प्रतिवेदनमाथि आएका प्रश्न तथा सुझाव सुनेपछि आज स्पष्टीकरण दिएका अध्यक्ष प्रचण्डले नेताहरू गाउँ जानुपर्ने बताए।

    प्रस्ताव पारित भएमा प्रतिनिधि सभा सांसदबाहेक केन्द्रीय सदस्यहरू जिम्मेवारी लिएका क्षेत्र (गाउ) मै जानुपर्ने हुन सक्छ भन्दै प्रचण्डले तीनै तहका निर्वाचनपछि पार्टीले विशेष महाधिवेशन गर्न सक्ने पनि बताएका छन्।

    ‘तीन तहका निर्वाचनपछि विशेष महाधिवेशनमा जाने हो। विचार र बहसलाई त्यहाँ पुगेर पूर्णता दिने हो। यो सुरूवात हो पूर्णता होइन,’ उनले भने।

    उनले पार्टीका दस्तावेजहरूमा पूर्वीय दर्शन र बुद्धका कतिपय प्रगतिशील विषय समेट्ने पनि बताएका थिए। एमसिसीबारे प्रचण्डले प्रतिवेदनमा उल्लेख गरिएकै विषय भएको दोहोर्‍याएका थिए।

    प्रचण्डले संशोधनसहित एमसिसी पारित गर्न सकिने धारणा राख्दै आएका छन्। प्रचण्डले महाधिवेशनमा राखेको राजनीतिक प्रस्तावमाथि माओवादीले २५ समूह बनाएर छलफल गरेको थियो।


    शुक्रवार, पौष १६ २०७८०४:२९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij