Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लोसपाका असन्तुष्ट नेताहरु तमलोपालाई बिउँताउँने तयारीमा

लोसपाका असन्तुष्ट नेताहरु तमलोपालाई बिउँताउँने तयारीमा

  • शुक्रवार, पौष १६ २०७८

  • 822
    SHARES

  • लोसपाका असन्तुष्ट नेताहरु तमलोपालाई बिउँताउँने तयारीमा

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालभित्रका असन्तुष्ट पक्षले तत्कालीन पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बिउँताउने भएका छन् । त्यसका लागि लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र डा।विजय सिंहको नेतृत्वमा पहल भइरहेको बताइन्छ ।

    एक महिना अगाडि निर्वाचन आयोगमा रवीशंकर कुमार कर्ण (सुभाष कर्ण) को अध्यक्षतामा तमलोपा दर्ता भइसकेको छ । कर्ण तत्कालीन तमलोपाको विद्यार्थी संगठनका उपाध्यक्ष थिए । विभिन्न ६ दलसँग एकीकरण गरेर राजपा नेपाल बनेपछि उनी निस्कृय भएका थिए ।

    कर्णकै नेतृत्वमा गठन भएको सो दललाई सक्रिय तुल्याउन लोसपा नेपालका असन्तुष्ट नेताहरुले पहल थालेको बताइएको छ । तमलोपा गठनका लागि वृषेशचन्द्र लालले नै निर्देशन दिएको बताइन्छ । स्रोतका अनुसार लोसपाका कार्यकारिणी सदस्य विजय सिंहलाई तमलोपाको अध्यक्ष बनाउने र सो पार्टीलाई सक्रिय बनाउने तयारी भइरहेको हो ।

    जसपा नेपालमा उपेन्द्र यादव र महन्थ ठाकुरबीच आन्तरिक विवाद चलिरहेको बेलादेखि नै तमलोपा गठनको अभियानमा नेताद्वय लाल र सिंह लागेका थिए । तर जसपा विभाजनपछि ठाकुरको नेतृत्वमा एउटा समूहले लोसपा नेपाल गठन ग¥यो । त्यसपछि तमलोपा दर्ता गराउने कार्य स्थागित भएको थियो ।

    तर, लोसपा नेपाल पार्टीमा पुरानै समस्या सुरु भएको भन्दै नेता लालले तमलोपालाई सक्रिय गर्ने अभियान थालेको उनी निकटका नेता बताउँछन् ।

     


    शुक्रवार, पौष १६ २०७८०३:०२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij