Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हाम्रो उद्देश्य चुनाव होइन, जनता हुन्ः माधव नेपाल

हाम्रो उद्देश्य चुनाव होइन, जनता हुन्ः माधव नेपाल

  • शुक्रवार, पौष १६ २०७८

  • 928
    SHARES

  • हाम्रो उद्देश्य चुनाव होइन, जनता हुन्ः माधव नेपाल

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको उदेश्य चुनाव जित्ने मात्रै नभएको बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो पार्टीको उद्देश्य चुनाव नभएको बताएका हुन् ।

    उनले केही पार्टीहरुले चुनाव जित्ने मात्र लक्ष्य लिएको भन्दै आफुहरुको उद्देश्य जनताका समस्या समाधान गर्ने भएको बताए । उनले परिणाममुखी काम देख्न चाहेको भन्दै त्यसका लागि इमानदारिता र निष्‍ठाको उदाहरण प्रस्तुत गर्न गइरहेको बताए । ‘नेपाली जनताको सम्बृद्धि, जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ’, अध्यक्ष नेपालको भनाइ छ ।

    ‘केही राजनीतिक दलहरु चुनाव चुनाव भनिरहेका छन्, हामी भन्दैनौ चुनाव । हाम्रो उद्देश्य र लक्ष्य चुनाव होइन, हाम्रो उद्देश्य जनता हुन्, जनताका पीरमर्का, युवा, पुरानो पुस्ता, किसान सबै समुदायले भोगिरहेका समस्यालाई हामीले हाम्रो समस्याका रुपमा लिएका छौ’, अध्यक्ष नेपालको दावी छ ।

    उनले जनताका समस्या समाधान गर्ने सन्दर्भमा आफ्नो पार्टी अग्रपंक्तिमा उभिने र त्यसका लागि सन्तुलित नीति लिएर अघि बढ्ने प्रयासमा रहेको बताए । उनले गलत कुराको विरोध गर्ने जिम्मेवार दलको कर्तव्य हुने भएकाले आफ्नो पार्टीले कुनैपनि गलत कामको समर्थन नगर्ने बताए ।

    कार्यक्रममा नेपाल नेतृत्वको एकीकृत समाजवादी र साध्यबहादुर भण्डारी नेतृत्वको परिषदबीच एकता घोषणा गरिएको थियो ।


    शुक्रवार, पौष १६ २०७८०२:४४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij