Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना संक्रमित बढ्दै, एकैदिन १८ लाख बढी थपिदा ५ लाख निको

विश्वभर कोरोना संक्रमित बढ्दै, एकैदिन १८ लाख बढी थपिदा ५ लाख निको

  • शुक्रवार, पौष १६ २०७८

  • 790
    SHARES

  • विश्वभर कोरोना संक्रमित बढ्दै, एकैदिन १८ लाख बढी थपिदा ५ लाख निको

    काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्।

    अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्।

    त्यसैगरी अर्जेन्टिनामा ५० हजार ५००, जर्मनीमा ४१ हजार ८०० र टर्कीमा ३९ हजार ६०० जनामा संक्रमण पुष्टि भएको हो।

    ओर्ल्डोमिटरकाअनुसार यही अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    जसमध्ये अमेरिकामा १२ सय ९०, रसियामा ९२६, पोल्याण्डमा ७०९, जर्मनीमा ३७९, वेलायतमा ३३२, फ्रान्समा १८०, इटालीमा १५६ र ब्राजिलमा १५४ जनाको मृत्यु भएको हो।


    शुक्रवार, पौष १६ २०७८०७:३३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij