Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादीको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी, प्रचण्डले आजै जवाफ दिने

माओवादीको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी, प्रचण्डले आजै जवाफ दिने

  • बिहिवार, पौष १५ २०७८

  • 470
    SHARES

  • माओवादीको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी, प्रचण्डले आजै जवाफ दिने

    काठमाडौं – बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहले छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम जारी छ ।

    कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा चलिरहेको बन्दसत्रमा २५ वटा समूह बनाएर सुरु भएको छलफलमा हिजोसम्म ११ समूले आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले आज विहान ११ बजेबाट आ–आफ्नो पालोमा समूहको सुझाव प्रस्तुत गरिरहेका छन् ।

    सबै समूहको प्रस्तुतिपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको छ । बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न समय लागेकाले महाधिवेशन भोलि मात्रै सकिने माओवादीले जनाएको छ ।

    बन्दसत्रको पहिलो दिन गत सोमबार पार्टी अध्यक्ष दाहालले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

    यसैबीच, माओवादी केन्द्रले महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।

    माओवादीको अन्तरिम विधानले प्रतिनिधिहरूले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ । महाधिवेशनमा करिब १ हजार ७ सय प्रतिनिधि सहभागी छन् ।

    केन्द्रीय समितिमा चयन भएकाहरूले पदाधिकारीको लागि उम्मेदवारी दिने र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरूले पदाधिकारीका उम्मेदवारलाई मतदान गर्ने व्यवस्था माओवादीको विधानमा उल्लेख छ ।


    बिहिवार, पौष १५ २०७८०३:५४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij