Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादी महाधिवेशन : आज पनि प्रचण्डको प्रतिवेदनमाथि रिपोर्टिङ

माओवादी महाधिवेशन : आज पनि प्रचण्डको प्रतिवेदनमाथि रिपोर्टिङ

  • बिहिवार, पौष १५ २०७८

  • 926
    SHARES

  • माओवादी महाधिवेशन : आज पनि प्रचण्डको प्रतिवेदनमाथि रिपोर्टिङ

    काठमाडौँ । माओवादी केन्द्र जारी ८औं महाधिवेशनको पाँचौ दिन आज बाँकी रहेका १४ समूहको रिपोर्टिङ प्रस्तुत गर्ने क्रम जारी छ । महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत टिप्पणी प्रस्तुत भइरहेको छ ।

    २५ वटा समूह बनाएर गरिएको छलफलमा ११ वटा समूहले बुधबार आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहको रिपोर्टिङ आज भइरहेको छ । सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।

    बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

    आज सबै रिपोर्टिङ सकिएर अध्यक्षले जवाफ दिन भ्याएमा निर्वाचन प्रक्रियामा जाने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ । २९९ केन्द्रीय समिति बनाइने र अध्यक्षसहित पदाधिकारी चयन गरेर महाधिवेशन सक्ने माओवादीको तयारी छ ।


    बिहिवार, पौष १५ २०७८०१:१९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij