Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

  • बुधवार, पौष १४ २०७८

  • 411
    SHARES

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

    काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्ड र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ ।

    पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा कांग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाइ दिने काम भएको उनले बताएका छन् ।

    लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् ।

    विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ। अध्यक्ष मिश्रले संयोजक पाण्डेमाथि पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर लगातार पार्टीलाई गम्भीर क्षति र्पुयाउने काम गरेको आरोप लगाएका थिए ।

    गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको लाइन मिश्रले लिएपछि विवेकशील साझमा विवाद बढ्दै गएको थियो ।

    साझाले विवेकशीलसँग पार्टी एकता गरेर पार्टी नै कब्जा गरेर पाण्डे लगायका पूर्व विवेकशील पक्षलाई पार्टी विहीन बनाएको अवस्थामा पाण्डे र शर्माबीच छलफल भएको हो ।

     


    बुधवार, पौष १४ २०७८०६:४४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij