Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्डद्धारा राजनीतिक प्रतिवेदन पेश, वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने प्रस्ताव

प्रचण्डद्धारा राजनीतिक प्रतिवेदन पेश, वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने प्रस्ताव

  • सोमवार, पौष १२ २०७८

  • 827
    SHARES

  • प्रचण्डद्धारा राजनीतिक प्रतिवेदन पेश, वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने प्रस्ताव

    काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८औं राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले ु२१औं शताब्दीमा समाजवादको नेपाली बाटोु शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।

    उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । पार्टी इतिहासको संक्षिप्त चर्चाु शीर्षकमा इतिहासमा प्रचण्डपथको योगदानुका बारे चर्चा भएको छ ।

    बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

    अध्यक्ष दाहालले प्रतिवेदन प्रस्तुत गरेपछि सोमबार नै स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि छलफल गर्न सोमबार नै समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम छ ।


    सोमवार, पौष १२ २०७८०२:२९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij