Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको बन्दसत्र सुरु, बनायो ७ सदस्यीय अध्यक्ष मण्डल

माओवादी केन्द्रको बन्दसत्र सुरु, बनायो ७ सदस्यीय अध्यक्ष मण्डल

  • सोमवार, पौष १२ २०७८

  • 716
    SHARES

  • माओवादी केन्द्रको बन्दसत्र सुरु, बनायो ७ सदस्यीय अध्यक्ष मण्डल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको छ ।

    आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।

    बन्दसत्रमा अहिले बन्दसत्रमा नेता प्रचण्डले प्रतिवेदन वाचन गर्न सुरु गरेका छन् । यसपछि विभिन्न २८ समूहमा प्रतिनिधिले छलफल गर्नेछन् ।

    माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

    राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प प्रचण्ड नै दोहोरिने निश्चित छ । अन्य पदहरुमा भने आकांक्षी धेरै छन् । सकेसम्म सहमतिमा नभए निर्वाचनबाट कार्यसमिति चयन गर्ने माओवादीको तयारी छ ।

    सुरुमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेर प्रचारप्रसार गरेको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
    ७ सदस्यीय अध्यक्ष मण्डल

    नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

    अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।

     


    सोमवार, पौष १२ २०७८०१:२६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij