Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको आठौं महाधिवेशनः को–को छन् सहभागी ?

माओवादी केन्द्रको आठौं महाधिवेशनः को–को छन् सहभागी ?

  • आइतवार, पौष ११ २०७८

  • 989
    SHARES

  • माओवादी केन्द्रको आठौं महाधिवेशनः को–को छन् सहभागी ?

    काठमाडौं ÷ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा सुरू भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु भएको हो ।

    महाधिवेशन उद्घाटन समारोहमा अन्य पार्टीका शिर्ष नेताहरु कांग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव संकर पोखरेल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूको उपस्थिति छ ।

    त्यस्तै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबै पार्टीका प्रतिनिधिहरू सहभागी भएका छन् । महाधिवेशनको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ ।

    माओवादी केन्द्रलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेत आउने क्रम जारी छ । माओवादीले महाधिवेशन उद्घाटन कार्यक्रममा अन्य दललाई पनि निम्ता गरेको भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी हुनुभएको छैन ।

    नेकपा एमालेबाट भने महासचिव शंकर पोखरेल माओवादीको महाधिवेशन उद्घाटन कार्यक्रममा उपस्थीत हुनुभएको छ । माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भने पनि अन्तिम समयमा आएर उक्त सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको थियो ।

    माओवादीको महाधिवेशन आजबाट सुरू भएर पुस १३ गतेसम्म चल्नेछ ।


    आइतवार, पौष ११ २०७८०४:०६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij