Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको ८औं महाधिवेशन सुरू

माओवादी केन्द्रको ८औं महाधिवेशन सुरू

  • आइतवार, पौष ११ २०७८

  • 784
    SHARES

  • माओवादी केन्द्रको ८औं महाधिवेशन सुरू

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन सुरु भएको छ । काठमाडौँ कमलादीस्थित महाधिवेशनस्थल जिल्लाजिल्लाका प्रतिनिधि आइसकेका छन् । महाधिवेशनमा करिब १६०० प्रतिनिधिहरुको सहभागीता रहेको माओवादी केन्द्रले जनाएको छ । उद्घाटन समारोह थाल्नुअघि प्रज्ञा भवनको प्रागंणमा बाजागाजासहितको कलाकार टोलीको रमझम देखिएको थियो ।

    माओवादी केन्द्रको महाधिवेशन ५ दिनसम्म चल्न सक्ने देखिएको छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएपछि तीन दिन बढाएर ५ दिन हुन लागेको हो । केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले महाधिवेशन हलमा केन्द्रीय कमिटी सदस्यको प्यानल प्रस्तुत हुने र त्यसमा असहमति भएमात्र चुनावमा लगिने बताउनुभयो ।

    महाधिवेशनको सम्मुखमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दस्तावेज पेस गर्नुभएको छ । बैठकबारे जानकारी दिँदै प्रवक्ता महराले बैठकमा पेस मात्रै भएको र छलफल भने महाधिवेशनमै हुने बताउनुभयो ।

    महराका अनुसार केन्द्रीय समितिको अकार २९९ मा केही प्लस हुने छ । महाधिवेशनले केन्द्रीय समितिको निर्वाचन गर्ने र समितिले अध्यक्षसहितका पदाधिकारी निर्वाचन गर्ने बताउनुभयो । सहमति नभएको अवस्थामा निर्वाचनमा जाने महराले बताउनुभयो ।

    माओवादी केन्द्रको केन्द्रीय समितिले १५ जना पदाधिकारी रहने प्रस्ताव गरेको छ । सो प्रस्ताव महाधिवेशनमा पेस गरिने प्रवक्ता महराले जानकारी दिनुभयो ।

    यसैबीच, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा आएर शुभकामना दिन आग्रह गर्नुभको छ । तर पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापा पुगेका ओलीले आफू आउन नसक्ने जवाफ प्रचण्डलाई दिनुभएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्दा ओली झापा पुगिसक्नुभएको थियो ।

    ओलीले प्रचण्डलाई महाधिवेशनको शुभकामना दिँदै आफू आउन नसक्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ । नेकपा विभाजनपछि दुई पटक केपी ओलीले टेलिफोन गरे पनि प्रचण्डले ओलीलाई सम्पर्क गरेको यो पहिलो पटक हो । एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले माओवादी महाधिवेशनलाई शुभकामना दिने बताइएको छ ।


    आइतवार, पौष ११ २०७८०३:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij