Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मलाई मत नदिनेको पनि सभापति मै हुँ, निष्पक्ष रूपमा काम गर्छु: देउवा

मलाई मत नदिनेको पनि सभापति मै हुँ, निष्पक्ष रूपमा काम गर्छु: देउवा

  • शनिवार, पौष १० २०७८

  • 778
    SHARES

  • मलाई मत नदिनेको पनि सभापति मै हुँ, निष्पक्ष रूपमा काम गर्छु: देउवा

    काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताउनुभएको छ । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिबाट नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले आफू सबैको साझा सभापति भएको, र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताउनुभयो ।

    ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु,’ देउवाले भन्नुभएको छ ।

    उहाले पार्टीले थुप्रै अवरोध र व्यवधानहरूबीच महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको भन्दै अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

    ‘हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ,’ उहाले भन्नुभयो, ‘तर अहिले हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ, स्थानीयदेखि राष्ट्रिय चुनावसम्म हाम्रो अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्नेछ । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’

    उहाले कांग्रेसले आफ्नो महाधिवेशनको प्रक्रियामा पार्टीमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको बताउनुभयो ।

    ‘हामीले तल्लो तहदेखि नै महिलाहरूलाई ठाउँ दिएर जनसंख्याको आधा आकाशलाई पार्टीभित्र समेटेका छौँ, अब महिला मतदाताहरूलाई पनि समेटेर, महिलालाई अघि बढाएर नेतृत्वमा महिलाहरूलाई स्थापित गर्नुपर्नेछ,’ उहाको भनाइ थियो ।


    शनिवार, पौष १० २०७८०१:५८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij