Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसकाे पहिलाे केन्द्रीय समिति बैठक आज

कांग्रेसकाे पहिलाे केन्द्रीय समिति बैठक आज

नवनिर्वाचित पदाधिकारीलाई आज प्रमाणपत्र दिइने
  • शनिवार, पौष १० २०७८

  • 399
    SHARES

  • कांग्रेसकाे पहिलाे केन्द्रीय समिति बैठक आज

    काठमाडाैं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिकाे पहिलाे केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    निर्वाचित पदाधिकारी एवं सदस्यलाई 'निर्वाचित भएको प्रमाण पत्र' वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएकाे छ । सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

    कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ।

    कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।


    शनिवार, पौष १० २०७८०९:१४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij