Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा कोरोनाको जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाई

उपत्यकामा कोरोनाको जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाई

  • बुधवार, श्रावण २१ २०७७

  • 804
    SHARES

  • उपत्यकामा कोरोनाको जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाई

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाई गरिएको छ ।

    काठमाडौं उपत्यकामा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि सावधानिका लागि आजदेखि सिंहदबारमा अत्यावश्यक बाहेकका व्यक्तिको प्रवेशमा कडाई गरिएको सिंहदरबार गण प्रहरीले जनाएको छ । त्यसका लागि अस्थायी पास बन्द गरिएको प्रहरीको भनाइ ।

    सिंहदरबार भित्र कार्यरत कर्मचारी, अत्यवाश्यक काम लिएर पुग्ने व्यक्ति, प्रेस पास लिएका पत्रकारलाई मात्रै प्रवेश दिइएको जनाइएको छ । भिडभाड कम गरी संक्रमणको जोखिम कम गर्नका लागि संसदीय समितिको बैठक पनि केही समय नडाक्ने गरी तयारी भएको बताइएको छ ।

    काठमाडौँ उपत्यकामा लकडाउन खुलेपछि संक्रमणदर बढ्दो क्रममा छ । हिजो मात्रै ६२ जनामा संक्रमण पुष्टि भएको थियो ।


    बुधवार, श्रावण २१ २०७७१०:५०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij