Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

आदिवासी जनजाति केन्द्रीय सदस्यमा चिनकाजीको सर्वाधिक मत, अरु कसले जिते ?

आदिवासी जनजाति केन्द्रीय सदस्यमा चिनकाजीको सर्वाधिक मत, अरु कसले जिते ?

  • बिहिवार, पौष ८ २०७८

  • 822
    SHARES

  • आदिवासी जनजाति केन्द्रीय सदस्यमा चिनकाजीको सर्वाधिक मत, अरु कसले जिते ?

    काठमाडौं – नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा चिनकाजी श्रेष्ठले सर्वाधिक मत पाउनुभएको छ । ८ जना निर्वाचित हुने सो क्लष्टरमा श्रेष्ठसहित ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।

    यो क्लष्टरबाट राज्यमन्त्री उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङगेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

    निर्वाचित ८ जना मध्ये टेकप्रसादमात्रै कोइराला प्यानलका हुन् ।


    आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ भने नवौं स्थानमा रहँदै पराजित भएका छन् ।

     


    बिहिवार, पौष ८ २०७८०६:१०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij